अन्तरनगर पुरुष खो–खो प्रतियोगिताको उपाधि ठाकुरबाबालाई

भक्तपुर । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको अन्तरनगर पुरुष खो–खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिका बर्दियाले हात पार्नुभएको छ ।

कीर्तिपुर नगरपालिकालाई दोस्रो स्थानमा राख्दै ठाकुरबाबा नगरपालिकाले उपाधि जितेको हो। उपाधिसँगै ठाकुरबाबाले ट्रफी तथा नगद १ लाख ५० हजार रुपैयाँ पाएको छ। कीर्तिपुर दोस्रो हुँदा १ लाख नगद पुरस्कार पाएको छ।

तेस्रो स्थानका लागि धनगढी उपमहानगरपालिका र आयोजक भक्तपुर नगरपालिका बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा धनगढी उपमहानगरपालिकाले विजयी सुनिश्चित गरेको थियो। तेस्रो स्थान सुरक्षित गरी ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ।

विजयी नगरपालिकाका टिमका साथै खेलाडीहरूलाई ट्रफी साथ नगद पुरस्कार, पदक प्रदान गरिएको थियो।

खेलमा सहभागी नगरपालिकाहरूलाई मायाको चिनो र नगद ५ हजार पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिता फागुन ५ गतेदेखि ९ गतेसम्म भएको थियो।

Back to top button