
क्यालिफोर्नियाको लस एन्जलसमा तीव्र गतिमा गन्तव्यतर्फ गइरहेको रेलले एउटा गाडीलाई हिजो साँझ ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्।
अलमेडा क्षेत्रमा मेट्रोलाइन ट्रेनले गाडीलाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको लस एन्जलस वारुणयन्त्र कार्यालयले जनाएको छ। घाइते भएका ३ जनालाई अस्पताल भर्ना गरिएको छ।
दुर्घटनापछि रेलमा यात्रारत १ सय २५ जना सकुशल रेलबाट ओर्लिएर आफ्नो गन्तव्यतर्फ गएका छन्। दुर्घटनाको अनुसन्धान भइरहेको छ।