मिक्लाजुङमा १३ हात्ती एकसाथ गाउँ पस्दा ३ घरमा क्षति

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन् । हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन् ।

चारकोसे झाडीसँगै रहेको उक्त गाउँपालिकामा हात्तीको बथान गाउँ पसेर जनधनको क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

गएराति मिक्लाजुङ–६ मा १३ हात्तीले एकसाथ गाउँ पसेर ३ घरमा क्षति पुर्‍याएका छन् । हिजो राति हात्तीको बथान गाउँ पसेर स्थानीय हरि सुवेदीको २० मन धान नष्ट गरेको थियो । हात्तीले सुवेदीको घरमा समेत क्षति पुर्‍याएको छ ।

Back to top button