विराटनगरमा अन्तर स्कुल हव क्रिकेट टुर्नामेन्ट हुँदै, आठ विद्यालयले भाग लिने

विराटनगर । विराटनगरमा अन्तर स्कुल हव क्रिकेट टुर्नामेन्ट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा अन्तर स्कुल क्रिकेट टुर्नामेन्ट हुन लागेको हो ।

विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले टुर्नामेन्ट फागुन ११ देखि १८ गतेसम्म विराटनगर ६ स्थित क्रिकेट मैदानमा हुने जनाएको छ ।

प्रतियोगितामा विराटनगरका ८ वटा विद्यालय सहभागि हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । विराटनगरका बाल्मीकि, बुढानिकलन्ठ, बिनायक, सरस्वती, सत्यनारायण, पोखरीया, मनकामना र राइजिङ नेपालले सहभागिता जनाउने भएका हुन् ।

प्रतियोगिताको लिग खेल २५ ओभरको हुनेछ भने सेमिफाइनल र फाइनल खेल ३० ओभरको हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ट्रफि र प्रमाणपत्र पाउनेछन् ।

बेस्ट ब्याटर, बेस्ट बलर, म्यान अफ द टुर्नामेन्ट, बेस्ट किपर र बेस्ट फिल्डरले हुने खेलाडीले विराटनगर क्रिकेट क्लब एण्ड एकाडेमीको तर्फबाट छात्रवृत्ती पाउनेछन् ।

प्रतियोगितामा भाग लिने टिमले दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ रहेको छ भने प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख खर्च हुने अनुमान गरिएको छ ।

नेपाल क्रिकेट फाउन्डेसनले यो प्रतियोगिता सकिएलगतै मार्च ३ तारिखबाट महिला क्रिकेट प्रतियोगिता विराटनगरमा गर्दैछ । सामुदायिक विद्यालयको मात्र महिला खेलाडीहरुले प्रतियोगितामा भाग लिन पाउने फाउण्डेसनको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

क्रिकेट खेलको ग्रासरुटबाट विकास गर्ने उद्देश्यले स्कुल तहबाट यस्तो प्रतियोगितामा जोड दिएको उहाँले बताउनुभयो । ‘हामीले गर्ने क्रिकेट प्रतयोगिताहरु क्रिकेट खेलको विकासको लागि हो,’ उहाँले भन्नुभयो , ‘स्कुल तहबाट खेलाडी उत्पादन गरी राष्ट्रिय स्तरको क्रिकेट खेलाडी उत्पादन गर्नु हो ।’

Back to top button