नेराक संगठन निजामती प्रदेश १ को अध्यक्षमा रुद्र सुवेदी

विराटनगर । माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ समितिको अध्यक्षमा रुद्र सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । विराटनगरमा सम्पन्न प्रदेश सम्मेलनबाट सुवेदीसहित ४० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा नारायण राय यादव, ताराकिरण राई, नमिता पौडेल तामाङ, जमान सिंह मोक्तान, रत्नप्रसाद चौंलागाईं चयन भएका छन् ।

यस्तै सचिवमा अम्बर राई, सहसचिवमा खगेन्द्र पौडेल, उत्तम आचार्य, वेदनिधि कार्की ढोली चयन हुनुभएको छ । कोषाध्यक्षमा प्रकाश राई, सहकोषाध्यक्षमा राजिव बस्नेत चयन हुनुभएको छ ।

सदस्यहरुमा गोपाल बराल, कृष्ण घिमिरे, हेमु पोर्तेल, विन्देश्वर साह, रामप्रसाद मिश्र, दीपेन्द्र कार्की, गणेशबहादुर गुर्धामी, डम्बरकुमार राई, बाबुराम बस्नेत, श्रीराम पण्डित, मिनप्रसाद पराजुली, तोषल भट्टराई, बालकृष्ण दंगाल चयन हुनुभएको छ ।

अन्य सदस्यहरुमा हिमाल दनुवार, डा.नागेन्द्रबहादुर दाहाल, भानुभक्त श्रेष्ठ, देबेन्द्र चापागाईं, लेखराज मगर, रजनी याम्फु राई, उमेश राई, अम्बिका सुवेदी, सौगात रेग्मी, सरोज सुवेदी, रमिताकुमारी सिंह, चिन्तामणि पोखरेल, दिनेश ढुंगाला र अञ्जु चौधरी रहनुभएको छ ।

माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषालले उद्घाटन गर्नुभएको सम्मेलनमा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, माओवादी केन्द्रका सचिव राम कार्कीलगायतको सहभागीता थियो । सम्मेलनमा माओवादी केन्द्र निकटका १४ वटै जिल्लाका ३ सय ५० जना कर्मचारीहरुको उपस्थिति थियो ।

Back to top button