प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १९ गते कतारको राजधानी दोहा जाने तयारी गर्नुभएको छ ।

फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा रहेको उहाँको सचिवालयका एक सदस्यले जानकारी दिनुभयो ।

अल्पविकसित राष्ट्रहरुको सम्मेलन मार्च ५ देखि ९ तारिख (फागुन २१ देखि २५ गते) सम्म आयोजना हुँदैछ । सम्मेलनमा अल्पविकसित राष्ट्रका सरकार एवम् राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते छ । प्रधानमन्त्री प्रचण्ड १९ गते दोहा गएर २२ गते नै स्वदेश फर्किने तयारीमा रहेको स्रोतले बतायो । गत पुस १० गते प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ ।

Back to top button