प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। आज बिहान बालुवाटारमा पुगेर राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति निर्वाचनको विषयमा चासो राख्नुभएको हो ।

सोङले प्रचण्डसँग आगामी राष्ट्रपति को बन्ने भन्ने बिषयमा जिज्ञासा राख्नुभएको थियो । जवाफमा प्रचण्डले दलहरुबीच छलफल जारी रहेकाले सहमतिमा राष्ट्रपति चयन हुने बताएको बालुवाटार स्रोतले जनाएको छ।

राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। सोङले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि यस अगाडि भेट गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डसँग माघ २ गतेको भेटमा बीआरआई परियोजना कार्यान्वयन, नेपालको पूर्वाधार विकास, नेपाल–चीनबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको पूर्वाधार विकासका साथै यसअघिका सम्झौता कार्यान्वयन प्रभावकारी रुपमा अघि बढाउने बताउनुभएको थियो ।

राजदूत सोङले नेपालको आर्थिक एवम् भौतिक पूर्वाधारको विकास र समृद्धिको बाटोमा चीन सधैं साथमा रहने जानकारी गराउनुभएको थियो ।

Back to top button