बेलबारीमा बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाईते

विराटनगर । मोरङको बेलबारीमा यात्रुबहाक बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।

आज बिहान ६ः३० बजेतिर पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बेलबारी नगरपालिका–१ मा बसले ठक्कर दिदा साइकल यात्रीको मृत्यु भएको हो। साइकलमा सवार अर्का एक जना घाइते भएका छन्।

साइकल यात्री बेलबारी–२ का १९ वर्षीय लेखनाथ चौहानको उपचारको क्रममा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभएको छ । बसको ठक्करबाट अर्को साइकलका यात्री बेलबारी–२ का १८ वर्षीय राम बस्नेत घाइते भएका छन्। बस्नेतको उपचार भइरहेको छ।

बससहित चालक स्याङ्जाको आँधी खोला गाउँपालिका–२ का ३८ वर्षीय नरेन्द्र दर्जीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

Back to top button