एमालेको मिसन ग्रासरुट अभियानः विद्यालयमा फुलबारी देखि तरकारीमा आत्मनिर्भरको योजना

विराटनगर । नेकपा एमाले मोरङले पार्टी केन्द्रले आरम्भ गरेको मिसन ग्रासरुट अभियानमा विद्यालयमा फुलबारी अभियानदेखि तरकारीमा आत्मनिर्भर बन्ने अभियानसम्म सञ्चालन गर्ने भएको छ ।

फागुन ५ गते औपचारिक रुपमा संगठन सुध्रिढिकरण गर्ने उद्देश्यका साथ देशभर जनतासम्म पुग्नेगरि पार्टीका नेताहरुलाई जिम्मेवारि दिँदै आ–आफ्ना क्षेत्रमा परिचालन गरेको छ ।

सोहि अभियान अन्तर्गत हिजो बसेको एमाले मोरङको बिशेष बैठकले अभियानका क्रममा सामुदायिक विद्यालय शिक्षा सुधार, स्वास्थ्य र पोषणको जानकारी, विद्यालयमा फुलबारी अभियान सञ्चालन गर्नेलगायतका निर्णय गरेको छ ।

नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार, संगठनात्मक र बैचारिक काम सँगै समाजसँग जोडिएका धेरै क्षेत्रमा अभियान सञ्चालन गरिने बताउनुभयो । उहाँका अनुसार अभियानका क्रममा एमालेले स्वास्थ्य केन्द्रहरुको सरसफाई गर्ने छ ।

यस्तै आम जेष्ठ नागरिकहरुको संस्थामा सहयोग, सम्मान गर्ने कार्यसूचि बनाएको एमाले मोरङले समाजमा रहेका विभिन्न भजन, किर्तन मण्डलीहरु वीच छलफल गर्ने र वडास्तरीय प्रतिस्पर्धात्मक भजन/किर्तन गराइ पुरस्कारको व्यवस्था गर्ने जनाएको छ ।

सहकारी तथा साना किसान सहकारी सदस्यहरुको भेलाको आयोजना गरि विषयगत प्रशिक्षण दिने योजना बनाएको एमालेले सामुदायिक वन उपभोक्ताहरुको समेत भेला र विषयगत प्रशिक्षण दिइने जनाएको छ ।

यस्तै समाजमा रहेका धामी, झाक्री, ज्योतिषीहरु र आयुर्वेद औषधि प्रयोग गर्नेहरुसंग पार्टी नेतृत्वको समुहले भेटघाट गर्ने र उनीहरुलाई अहिलेको परिवर्तित सन्दर्भ र परम्परागत प्र्रणालीका वीच अन्तर सम्वाद गर्ने जनाएको छ ।

यस्तै उत्कृष्ट योगदान गर्नेहरुका घरघरमा गएर सम्मान गर्ने तथा गुनासाहरुको अध्ययन गर्ने एमालेको योजना रहेको छ । समाजमा रहेका विभिन्न धार्मिक/सास्कृतिक समुह, पण्डित÷पुजारी, पास्टर, वौद्ध भिक्षुक, मुल्मि, माझीहाडाम र मुखियाहरुलगायतसँग पार्टी नेतृत्वको समुहले भेटघाट गर्ने दुखःसुखका कुरा गर्दै सामाजिक सम्मान गर्ने अभियानमा समेटिएको छ ।

यसैगरि नेकपा एमालेका सबै पार्टी सदस्यहरुलाई अनिवार्य करेसावारी वनाउने र तरकारीमा आत्मानिर्भर बन्न कोशिष गर्ने अभियान पनि चलाउने निर्णय गरेको छ । पार्टी सदस्यले कम्तिमा एउटा फलफुलको विरुवा रोप्न अनिवार्य गरेको छ ।

यस्तै किसानहरुका समस्या समाधानका लागि जैविक मल बनाउने प्राविधिकसंग समन्वय गरेर किसान हरुलाई सीप सिकाउने र मलमा आत्मनिर्भर हुन कोशिष गर्ने उत्प्रेरित गर्ने भएको छ ।

जस्कालागि गोवर मल/घन्सी /मुङदाल/झोल मल/ कृषि चुना/ पिनाको प्रयोग गर्दै आफ्नो माटाको परिक्षण गर्न प्रोत्साहनको अभियान सञ्चालन गर्ने भएको छ ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य देवेन्द्र दाहाल, जितु गौतम, जगदिशप्रसाद कुसियतलगायत दुई महिने पार्टी सुदृढिकरण तथा विस्तार अभियान लिएर मोरङमा खटिनुभएका नेताहरुको बैठकमा उपस्थिती रहेको थियो ।

बेठकले पार्टी सुध्रिढीकरण तथा विस्तारका लागि चलाए मिसन ग्रासरुट) अभियानमा संगठनात्मक राजनीतिक र वैचारिक काम लाई फागुन १५ गतेभित्र सञ्चालन गर्ने छ ।

यस अभियानमा पालिकास्तरमा अभियन्ता र पालिका पदाधिकारीको बैठकको आयोजना गरि कार्ययोजना निर्माण गर्ने र आ–आफ्नो कार्यविभाजन सहितको प्रस्ताव तयार गर्नुपर्ने छ भने पालिका कमिटीका साथै पार्टी वडा कमिटी अध्यक्ष र स्थानीयतहका सबै वडा अध्यक्षहरु र प्रमुख, उपप्रमुख सहित अभियन्ताहरुको संयूक्त बैठक बस्नेछ ।

बैठकले विस्तृत कार्ययोजना प्रस्तावमााथि छलफल गर्दै मिसन ग्रासरुटको महत्व, यसले पार्ने प्रभाव र सबैको दायित्वका विषयमा प्रशिक्षित गर्ने बताइएको छ । यस क्रममा लगातार बैठकमा ५ पटकसम्म अनुपस्थित रहने सदस्यहरुलाई जिल्ला कमिटीबाट बिदाई गर्ने निर्णय गरेको बैठकले दुईपटक भन्दा बढी बैठकमा अनुपस्थितलाई स्पष्टिकरण सोध्ने निर्णया गरेको छ ।

यस्तै बैठकले पालिका तथा वडास्तरका कमिटीहरुलाई पालिका कमिटी र वडा पदाधिकारी सहितको प्रशिक्षण, टोल/वडा/नगर पदाधिकारी प्रशिक्षण, वुद्धिजिवी भेला, सहकारी नेतृत्व भेला प्रशिक्षण, जनसंगठन नेतृत्व भेला प्रशिक्षण र सबै जनसंगठनको अधिवेशन केन्द्रित वडा स्तरिय उत्प्रेरक वनाई कामको जिम्मेवारी प्रादन गर्ने लगायतका काम फागुन ३० भित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।

यसैगरि सोहि समय भित्र पार्टी सदस्यहरुको नविकरण तथा वडा कमिटी र टोल कमिटी पदाधिकारी बैठकबाट नयां पार्टी सदस्यताका बिषयमा योजना वनाउन समेत निर्देशित गरेको छ ।

Back to top button