राष्ट्रपति नपाए एमाले सरकारमा बस्दैन : सचिव भट्टराई

सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति नपाए एमाले सरकारमा नबस्ने बताउनुभएको छ । उहाँले पुष १० को सहमति अनुसार नभए एमाले सरकारमा नबस्ने बताउनुभएको हो ।

आज प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोटमा बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पुस १० मा एमालेले राष्ट्रपति पाउने सहमति भएको दाबी गर्नुभयो ।

सहमति पालना हुन्छ भन्नेमा एमाले विश्वस्त रहेको उहाँको भनाई छ । ‘यदि नहुने अवस्था भयो भने एमाले सरकारमा बस्दैन । तत्कालीन गठबन्धन भत्किएर नयाँ समीकरण बन्दा पुष १० मा माओवादीले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति भएको हो,’ उहाँले भन्नुभयो,‘सभामुख, उपसभामुखसम्म आइपुग्दा उक्त सहमति कार्यान्वयन भएको छ ।

अहिलेपनि सहमति अनुसार नै सत्ता समीकरण चलिरहेको छ । एमालेलाई विश्वास छ त्यो सहमति राष्ट्रपतिको चुनावसम्म पनि कायम हुन्छ ।’

 

Back to top button