भक्तपुर कप फुटबलको सेमिफाइनल आज

भक्तपुर । भक्तपुर कप फुटबल–२०७९ को सेमिफाइनल खेलहरू आजबाट हुने भएको छ । सेमिफाइनलको पहिलो खेल आयोजक भक्तपुर युवा टीमकाविरूद्ध द हेलिङ होम एफसी र दोस्रो खेल केदारनाथ सुटर्सका विरूद्ध गोदावरी युनाइटेडबीच हुने जनाएको हो।

हिजो भएको क्वाटर फाइनल खेलमा बनेपा ब्वाइज र द हेलिङ होम एफसीबीचको पहिलो खेलमा द हेलिङ होम एफसीले बनेपा ब्वाइजलाई ३–० गोलले पराजित गरी सेमिफाइनलको यात्रा तय गर्नुभएको हो ।

यस्तै, सीओबी युथ क्लब र गोदावरी युनाइटेडबीच भएको दोस्रो खेलमा गोदावरी युनाइटेडले सीओबी युथ क्लबलाई ३–१ गोलले पराजित गरी सेमिफाइनलमा पुगका हुन् । शनिबार भक्तपुर कप २०७९ को फाइनल खेल हुनेछ ।

Back to top button