राष्ट्रपतिबारे विभिन्न विकल्पमा छलफल भइरहेको छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति उम्मेदवारीबारे विभिन्न विकल्पमा छलफल भइरहेको बताउनुभएको छ ।

सिंहदरवारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटपछि उहाँले विकल्पमाथि छलफल भइरहेको बताउनुभएको हो ।

अध्यक्ष नेपालले भन्नुभयो,‘हाम्रा सामु अनेक अप्सनहरू छन् । ती अप्सन मध्ये बेस्ट अप्सन के हुन्छ, त्यसमा छलफल भइरहेको छ । व्यक्ति गौन कुरा हो । कुन व्यक्तिले राष्ट्रपति पाउने मुख्य कुरा होइन । देशको समस्या समाधान गर्ने विषयमा प्रयास भइरहेको छ ।’

Back to top button