एमाले अध्यक्ष ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ। आज दिउँसो भारतीय राजदूत श्रीवास्तव ओलीसँग भेट गर्न बालकोट पुग्नुभएको हो ।

राष्ट्रपति निर्वाचनका लागि मनोनयनको दिन नजिकिएसँग विभिन्न राजदूतको भेटघाट बाक्लिएको छ। यस अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीवास्तवले बालुवाटार पुगेर राष्ट्रपति निर्वाचनको बारेमा चासो राख्नुभएको थियो।

यस्तै, फागुग २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यक्रम छ। चिनियाँ राजदूत छन् सोङले पनि भेटवार्ता तीब्र बनाउनुभएको छ ।

Back to top button