जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान

काठमाडौं । जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन अर्थमन्त्री विष्णु पौडेल आज भारत प्रस्थान गर्नुभएको छ । नेपाल जी–२० को सदस्य भने होइन । अहिले जी–२० को अध्यक्ष भारत छ ।

भारतले जी–२० सम्मेलनका दौरान नेपाललाई समेत निमन्त्रणा दिएका कारण अर्थमन्त्री पौडेल भारत जानुभएको उहाँको सचिवालयले जनाएको छ । सम्मेलन भारतको बैंग्लौरमा भोलिदेखि सुरु हुँदैछ ।

यस्तै, २ दिनसम्म चल्ने सम्मेलनका दौरान उहाँले भारत, चीनलगायत मुलुकका समकक्षीसँग छलफल गर्ने हुनुभएको छ । उहाँ १३ फागुनमा नेपाल फर्कने कार्यक्रम छ ।

Back to top button