
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने बताउनुभएको छ ।
आज बालकोटमा आयोजित कार्यक्रमपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग पुष १० गते नै सम्झौता गरिसक्नुभएकोले अरुलाई माओवादीले समर्थन नगर्ने उहाँको दावी छ ।
अध्यक्ष ओलीले एमालेसँग सहमति भइसकेको अवस्थामा माओवादी केन्द्रले अरुसँग सम्झौता गर्न नमिल्ने बताउनुभएको हो ।