पोखरा– जोमसोम हयाई उडान सुचारु हुने

पोखरा । गत मंसिर १५ गतेदेखि बन्द रहेको पोखरा–जोमसोम हवाई उडान फागुन तेस्रो सातादेखि नियमित सुचारु हुने भएको छ।

समिट एयरले फागुन १७ र तारा एयरको जहाजले फागुन २२ गतेदेखि पोखरा–जोमसोम हवाई सेवा सुरु गर्ने भएको हो । अत्यधिक चिसो र हिमपातको जोखिम हुने भएकाले तारा र समिटले हवाई सेवा स्थगित गरेका थिए।

हिउँदयाममा पर्यटकीय सिजन नभएकाले निजी एयरलाइन्स कम्पनीले पोखरा–जोमसोम हवाई सेवा अनिश्चितकालका लागि बन्द गरेका थिए।

हिउँदयामको सकिएकाले हवाई सेवा नियमित सञ्चालनमा ल्याउने तयारी भइरहेको समिट एयरलाइन्सका पोखराका प्रबन्धक पोषणमणि त्रिपाठीले जानकारी दिनुभएको छ । जोमसोम उडानका लागि अग्रिम टिकट बुकिङ खुला भइसकेको उहाँले बताउनुभयो ।

Back to top button