बालुवाटार कांग्रेससहित चार दलको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस सहित चारदलको बैठक जारी छ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एस र जसपासहित ४ दलको बैठक राष्ट्रपति निर्वाचनमा केन्द्रित रहने बताइएको छ ।

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने भन्दै थालिएको कसरतले यतिबेला वर्तमान सत्ता गठबन्धन टुट्ने र पूरानो ५ दलीय गठबन्धन ब्यूताउँने प्रयास भइरहेको नेताहरुले भन्न थालेका छन् ।

यति चुनावलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ दलीय गठबन्धनका शिर्ष नेताहरुसँग चरण चरणमा छलफल गर्दै आउनुभएको छ ।

यहि रस्साकस्सीका बिच प्रधानमन्त्री निवास बालुवाटारमा यतिबेला चार दलका शीर्ष नेतृत्वको छलफल सुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल भइरहेको छ ।

छलफलमा कांग्रेस नेता गगन थापा र माओवादी नेता तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुहुन्छ ।

Back to top button