राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक १ बजे बस्दै

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बोलाएको छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुनेछ।

आज बोलाइएको बैठकका एजेण्डाबारे जानकारी दिँदै श्रेष्ठले भन्नुभयो,‘राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बोलाइएको छ। बैठक १ बजे पार्टी कार्यालयमा बस्नेछ।

बैठकमा मुलतः राष्ट्रपति निर्वाचनका विषयमा केन्द्रित भएर छलफल हुनेछ। बैठकले राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा निर्णय गर्नेछ ।’

सो बैठकले सरकारको कामको समीक्षासँगै विकसित पछिल्लो राजनीतिक घटनाका विषयमा पनि छलफल गर्ने छ।

Back to top button