
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक भोलि बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ।
राष्ट्रपतिका उम्मेदवारको मनोनय दर्ताको दिन भोलि नै रहेकाले एमाले सचिवालय बैठकले उम्मेदवार तय गर्नेछ।
बैठकबारे जानकारी दिँदै एमाले उपाध्यक्ष सुवास नेम्वाङले भन्नुभयो,‘पार्टीको सचिवालय बैठक भोलि बिहान ९ बजेलाई बोलाइएको छ। बैठकका एजेण्डाबारे केही जानकारी दिएको छैन।’
नेकपा एमालेले सरकार गठनका बेला पुष १० मा भएको समझदारी अनुसार राष्ट्रपतिको उम्मेदवार एमालेले तय गर्ने दावी गर्दै आएको छ।