पूर्वराजा ज्ञानेन्द्र आफ्नो ठाउँमा बस्नुपर्छ : मन्त्री मोदी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिनुभएको छ ।

आज फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री मोदीले १–२ हजार मान्छे जम्मा हुँदैमा म नै राजा हुँ भन्ने नसोच्न चेतावनी दिनुभएको हो ।

देशलाई ठिक तरिकाले अगाडि लैजान खोजिरहेका बेला खल्बल्याउन नखोज्न आग्रह गर्दै उहाँले भन्नुभयो,‘पूर्वराजा ठिक ठाउँमा बस्नुपर्छ ।’ गणतन्त्रका लागि हजारौं हजार सडकमा भएको भन्दै उहाँले मुलुक फेरि पश्चगमनतिर नजाने बताउनुभयो ।

Back to top button