मनहरीमा हात्ती नियन्त्रण गर्न सांसद बर्तौलाको माग

काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले मकवानपुरको मनहरीमा यमगज नामको हात्तीले स्थानीयलाई दुःख दिएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले उक्त हात्ती नियन्त्रण गर्न माग गर्नुभएको हो । सांसद बर्तौलाका अनुसार उक्त हात्तीको आक्रमणबाट मनहरीका ६४ वर्षीय राधा अधिकारीको मृत्यु भएको छ ।

‘अविलम्बन हात्ती नियन्त्रण गर्न र मृतकलाई क्षेतिपुर्तिको माग गर्दछु’ बर्तौलाले प्रतिनिधिसभाको बैठकमा भन्नुभएको छ ।

हात्तीले स्थानीय बालीमा नोक्सानी पुर्‍याउँदै आएको छ । हात्तीको आक्रमणमा पर्ने डरमा विद्यार्थीहरु विद्यालय जान सकिरहेका छैनन् । तर, राष्ट्रिय निकुञ्ज र वनका कर्मचारीहरुले हात्ती नियन्त्रणका लागि प्रयाप्त भूमिका निर्वाह नगरेको सांसद बर्तौलाले बताउनुभयो ।

Back to top button