प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुग्नुभएको हो ।

सत्ता साझेदार दलका २ शीर्ष नेताबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा केन्द्रित भएर छलफल हुने बालुवाटार स्रोतले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले बिहान नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी तथा जसपाका नेतासँग छलफल गर्नुभएको थियो। आन्तरिक छलफलपछि साँझ ५ बजे फेरि बस्ने समझदारीसहित ४ दलका नेताले बैठक टुंग्याएका छन्।

अहिले संसद जारी रहेका बेला एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डको भेटलाई महत्वका साथ हेरिएको छ।

Back to top button