विद्युतीय सवारी साधन उत्पादन गर्न नेपाल र कोरियन कम्पनीबिच सम्झौता

विराटनगर । प्रदेश १ मा विद्युतीय सवारीसाधन उत्पादन गर्न नेपाल र कोरियाका दुई कम्पनीबिच सम्झौता भएको छ । हिजो कोरियामा भएको सम्झौतामा नेपालको एन के मोटर्स प्रालि र कोरियाको एसडीके कम्पनी बिच सम्झौता भएको हो ।

सम्झौता पत्रमा एन के मोटर्सका अध्यक्ष टिकाराम पुरी र कोरियन कम्पनीका कार्यकारी अध्यक्ष डेइ की जङ्गले हस्ताक्षर गर्नुभएको छ । एन के मोटर्सका प्रबन्ध निर्देशक टिआर ढकालको उपस्थितीमा भएको सम्झौता अनुसार करिब तीन अर्ब रुपैयाँको द्धिपक्षीय लगानीमा कोरियन प्रविधिमा आधारित विभिन्न विद्युतीय सवारीसाधन उत्पादन गरिने छ ।

उद्योग स्थापनाका नेपालको प्रदेश १ भित्रकै उपयुक्त स्थानमा गरिने जानकारि दिँदै एनके मोटर्स प्रा.लि.का अध्यक्ष टिकाराम पुरीले विद्यालय तथा कलेज बस र निजी तथा सार्वजनिक सवारिसाधनहरु यस कम्पनीले उत्पादन गर्ने बताउनुभयो ।

उहाँका अनुसार यहि मार्चमा कोरियन कम्पनीको प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरि उपयुक्त स्थानको छनौट गरिनेछ भने एक वर्षभित्र नै उत्पादनहरु बजारमा पठाउने लक्ष्य राखिएको छ ।

उहाँले नेपालमा विद्युतीय सवारीसाधनको माग बढ्दै गएका बेला प्रदेशभित्र नै यस्ता सवारी साधनको उत्पादन गर्नका लागि यो प्रयास थालिएको भन्दै यसकालागि प्रदेश सरकारसँग पनि आवश्यक समन्वय गरिने बताउनुभयो ।

Back to top button