राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदैछ । मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) मा मनोनयन दर्तास्थल तोकिएको छ ।

राष्ट्रपति निर्वाचन आगामी २५ गते हुँदैछ । यही फागुन २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिने भएपछि त्यसअघि निर्वाचन हुन लागेको हो ।

राष्ट्रपति निर्वाचनसँगै नयाँ गठबन्धन बनेको छ । आठ राजनीतिक दलहरूले निर्वाचनका लागि नयाँ गठबन्धन बनाएका छन् । गठबन्धनले नेपाली कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरेको छ ।

कांग्रेसले उम्मेदवारको टुंगो लगाइसकेको छैन । यस्तै नेकपा एमालेले पनि राष्ट्रपतिको उम्मेदवार उठाउने जनाएको छ । यद्यपी यसको टुङ्गो लगाइसकेको छैन ।

Back to top button