नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा जारी छ ।

बैठकमा राष्ट्रपतिको उम्मेदवार, वर्तमान गठबन्धन, समसामयिक राजनीतिक घटनाक्रम र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’लगायतका एजेण्डामा छलफल हुने एमाले सचिव टोपबहादुर रायमाझीले जानकारी दिनुभयो ।

सत्तासीन एमालेले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रचण्डको निर्णयप्रति असन्तुष्टि ब्यक्त गरेको छ । प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बनाएर मुलुकलाई अस्थिरतातर्फ धकेलेको एमालेको आरोप छ।

आजको बैठकले राष्ट्रपतिमा उम्मेदवार दिने–नदिने, सरकारमा रहने–नरहने भन्ने बिषयमा समेत निर्णय गर्ने बताइएको छ। पुस १० मा एमालेसहित सातदलीय गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुभएको थियो ।

राष्ट्रपतिको निर्वाचनलाई लिएर प्रधानमन्त्री प्रचण्डले पुनः अर्को गठबन्धन गरेपनि एमाले रुष्ट भएको छ ।

Back to top button