राष्ट्रपति निर्वाचनमा पराजित भएपनि सांसद पद नगुम्ने

काठमाडौं । आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म २ जना उम्मेदवार बन्ने तय भएको छ। निर्वाचनका लागि आज मनोनयन दर्ता गराउने अन्तिम दिन हो।

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको हो।

यस्तै, नेकपा एमालेको आजैको सचिवालय बैठकले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ।

उहाँहरु दुवै प्रतिनिधि सभाका निर्वाचित सांसद हो। दुवैको प्रतिस्पर्धामा एक पराजित भए पनि सांसद पद भने नगुम्ने संवैधानिक व्यवस्था छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछिमात्र सांसद पदबाट राजीनामा दिने संवैधानिक व्यवस्था भएकाले सोहि अनुसार हुने् बताउनुभयो ।

Back to top button