बागमती प्रदेशमा राप्रपाका मन्त्रीद्धारा राजीनामा

हेटौंडा । बागमती प्रदेशमा राप्रपाका मन्त्रीहरुले संयुक्तरूपमा राजिनामा दिने भएका छन् ।

राप्रपा संसदीय दलका नेता तथा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री उद्धव थापाले राजिनामा बुझाउनका लागि मुख्यमन्त्री शालिकराम जमकट्टेलसँग समय मागिएको बताउनुभयो ।

केन्द्रमा समीकणर परिवर्तन भएको र संघीय सरकारका मन्त्रीहरुले समेत राजीजानमा दिएका कारण पार्टीको निर्णय अनुसार सरकार छाड्न लागेको उहाँले बताउनुभयो ।

बागमती प्रदेशमा राप्रपाका ३ जना मन्त्री छन् । राप्रपाबाट ऊर्जा मन्त्री थापासहित, डम्बरबहादुर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री हुनुहुन्छ।

यस्तै, संसदीय दलका नेता थापाले पुष २५ गते मुख्यमन्त्री जमकट्टेलसँगै विनाविभागिय मन्त्रीको रुपमा सपथ लिनुभएको थियो। उहाँले माघ ११ गते मन्त्रिपरिषद्ले पुर्णता पाउँदा ऊर्जाको जिम्मेवारी पाउनुभएको हो । तामाङ र बिष्टले माघ ११ गते जिम्मेवारी पाउनुभएको थियो ।

Back to top button