
काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट राष्ट्रपति पदकालाई रामचन्द्र पौडेलको मनोनयन दर्ता भएको छ ।
प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका नेता अशोक राई र जनमत पार्टीका नेता मोहम्मद अब्दुल खान हुनुहुन्छ।
यस्तै समर्थकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डे हुनुहुन्छ।