नेपालले कुवेतलाई दियो ३४४ रनको लक्ष्य

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा अर्जुन कुमाल र देव खनालको शतक मद्दतमा नेपालले कुवेतलाई ३४४ रनको लक्ष्य दिएको छ । युएईमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनाएको हो ।

नेपालका लागि विस्फोटक ब्याटिङ गर्नुभएका देव खनाल १२५ रनमा आउट हुनुभयो । ११७ बलको सामना गर्नुभएका उहाँले ९ चौका र ३ छक्का हान्नुभएको थियो ।

यस्तै, कुमाल १०८ रनमा आउट हुनुभयो । ११२ बल खेल्नुभएका उहाँले १२ चौका हान्नुभएको थियो ।

विशाल विक्रम केसी २३ तथा दीपक बोहरा १९ रनमा आउट हुनुभयो । ओपनर दीपक बोहोराले १३ रन बनाउनुभयो । आकाश त्रिपाठी र सुवास भण्डारी २ रन बनाउँदै आउट हुनुभएको थियो । दीपकप्रसाद डुम्रे २० र दिपेश कँडेल २ रनमा नटआउट रहनुभयो ।

यस्तै, पहिलो खेलमा नेपालले हिजो हिजो सिंगापुरलाई हराएको थियो ।

Back to top button