एमालेले मलाई सहयोग गर्छ भन्ने विश्वास छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिनुभएका नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा आफ्नो नाम सर्वसम्मत बन्ने अपेक्षा र इच्छा रहेको बताउनुभएको छ ।

राष्ट्रपतिको उम्मेदवारी दर्ता गराउँदै पौडेलले आफूलाई नेकपा एमालेले पनि सहयोग गर्छ भन्ने विश्वास रहेको बताउनुभएको हो ।

पौडेलले संविधानको अक्षरस पालना गर्ने आफ्नो कर्तव्य हुने र नेपालको परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्ने बताउनुभयो।

उहाँले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि साथ दिने दावी गर्नुभएको छ ।

Back to top button