
रुपन्देही । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ रूपन्देहीको १३ औँ अधिवेशनबाट अध्यक्षमा विकासजंग बस्नेत निर्वाचित हुनुभएको छ । जिल्ला कमिटीको १३औँ अधिवेशनबाट बस्नेत निर्वाचित हुनुभएको हो ।
अधिवेशनले बस्नेतको नेतृत्वमा ८३ सदस्य कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
यस्तै, उपाध्यक्षमा दीपक खड्का, सचिवमा दीपेश कंडेल, उपसचिवमा नवराज मल्ल, मधु श्रेष्ठ र कोषाध्यक्षमा नारायण थापा निर्वाचित हुनुभएको छ ।