कानुनको विधि र सीमामा नरही काम गर्दा सहकारी क्षेत्रमा समस्या आयो : मन्त्री राई

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले कानुनको विधि र सीमामा नरही काम गरेकै कारण सहकारी क्षेत्रमा समस्या देखिएको बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री राईले सबैले विधिमा रहेर सीमामा रहेर र कानुनलाई अवज्ञा नगरी काम गर्नुपर्नेमा त्यसो नभएकाले सहकारीमा समस्या देखिएको बताउनुभएको हो ।

उहाँले सहकारीले गाउँ–गाँउमा धेरै राम्रो काम गरेपनि सहकारीको नकारात्मक हल्लाले समस्या देखिएको धारणा राख्नुभयो। सहकारीमा देखिएका समस्याहरू समयमा नै समाधान गरी यसलाई सहज रूपले व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ।

यस्तै, मन्त्री राईले सहकारीका विषयमा देखिएका समस्याहरू समाधानका उपायका बारेमा जानकारी गराउन आग्रह गर्दै अध्ययन गरी उचित समाधानको बाटो खोजिने बताउनुभयो।

Back to top button