
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश, जनता र सहयोद्धालाई धोका दिने पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलाई धोका दिनु ठूलो कुरा नभएको बताउनुभएको छ ।
काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,‘जनतालाई धोका दिनुभयो, सहयोद्धालाई धोका दिनुभयो, आफूलाई त्यस ठाउँमा पुर्याउनेलाई धोका दिनुभयो भने मलाई धोका दिनु कुन ठूलो कुरा भयो र ?’
अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई ढाँट्न र छक्याउन अप्ठ्यारो नलाग्ने भन्दैँ उहाँको बोल्ने भाषा बेग्लै गर्ने अर्कै, हेर्ने देब्रेतिर निसाना दाइनेतिरको प्रबृत्ति रहेको टिपणी गर्नुभयो।
लोकतान्त्रिक सरकार बनाऊँ र जनताका समस्या समाधान गर्ने गरी अघि बढौं भन्दैँ प्रयास गरेको तर प्रचण्डकै कारण त्यो प्रयास असफल भएको ओलीले आरोप लगाउनुभयो ।