
काठमाडौं । केपी ओली कप फुटबलको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ ।
त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्बलबीचको रोकिएको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफ भोलि बिहान ११ बजे खेलाइने भएको छ ।
खेलको ५३ औं मिनेटसम्म दुवै टिम शुन्यको बराबरीमा रहेको अवस्थामा मेघ गर्जनसहित वर्षा र चट्याङ परेकाले खेल रोकिएको हो ।
मछिन्द्र फुटबल क्लब र केपी ओली फुटबल क्लबबीचको खेल भने भोली दिउँसो ३ बजे हुने छ ।