अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा मनकामना र वुढानिलकण्ठ स्कूल विजयी

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा आज भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा मनकामना र वुढानिलकण्ठ स्कूल विजयी भएका छन् ।

पहिलो खेलमा मनकामनाले पोखरीया स्कूललाई २५ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने आशा जिवितै राखेको छ । मनकामनाले २ खेलमा एकमा जित र एकमा हार व्यहोरेको छ भने पोखरीयाले पनि २ खेलमा एकमा जित र एकमा पराजय भोगेको छ ।

टस जितेर ब्याटिङ गरेको मनकामनाले निर्धारित २५ ओभरको खेलमा २२ दशमलव १ बलमा सवै विकेट गुमाई १ सय २४ रनमा सिमित भयो ।

जस्मा अमन अन्सारीले ४६ रनको पारी खेल्दा प्रनिस भगतले ३८ रनको पारी खेल्नुभयो । पोखरीयाका सुदिप ठाकुरले ३ विकेट लिँदा रुद्र प्रताप साह र प्रेम मण्डलले समान २–२ विकेट लिनुभयो ।

१ सय २५ रनको लक्ष्य पाएको पोखरीयाले २२ दशमलव १ बलमै सवै विकेट गुमाउँदै ९९ रन बनायो । जस्मा रुद्र्र प्रताप साहले १७ रन जोड्दा राहुल महतोले १५ रन जोड्नुभयो । सरस्वतीका म्यान अफ द म्याच राजा मण्डलले ४ दशमलव १ बलमा १६ रन दिएर ५ विकेट लिनुभयो ।

त्यस्तै लक्ष्मण तत्मा र पियुस गुप्ताले २–२ विकेट लिनुभयो । आज भएको अर्को खेलमा वुढानिलकण्ठ स्कूलले विनायक स्कूललाई २ विकेटले पराजित गरेको छ ।

वुढानिलकण्ठले खेलेका दुई खेलमा एकमा जित र एकमा हार व्यहोरेको छ भने विनायकले पनि दुई खेल मध्ये एकमा जित र एकमा हार ब्यहोरेको छ ।

टस जितेर ब्याटिङ गरेको विनायकले निर्धारित २५ ओभरको खेलमा १७ दशमलव ५ बलमा सवै विकेट गुमाई ९४ रनको सामान्य योगफल बनायो । जस्मा विपन लिम्बुले २१ रन बनाउँदा बबयुस राजपालले १५ रन बनाउनुभयो ।

वुढानिलकण्ठका म्यान अफ द म्याच रुपेश यादवले ३ विकेट लिँदा जिवन ढकालले २ विकेट दिनुभयो । ९५ रनको सामान्य लक्ष्य पछ्याएको वुढानिलकण्ठले १९ ओभरमा ८ विकेट गुमाई विजयी लक्ष्य पार गर्न सफल भयो ।

जस्का लागि आर्यन मण्डलले २२ रन जोड्दा अमित साहले १६ रन जोड्नुभयो । विनायकका रेहान अलीले ३ विकेट लिँदा क्रिस साह र अमन पोद्धारले २–२ विकेट लिनुभयो ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजि तथा सामुदायिक स्कूल सहभागिता रहेको नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिनुभयो ।

Back to top button