नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभएको छ ।

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

राष्ट्रपतिको उम्मेदवारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिका लागि भन्दै नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेपछि नेकपा एमालेसँगको दुरी बढ्दै गएको छ ।

यद्यपी नेकपा एमालेले फागुन २५ सम्म पर्ख र हेरको नीति लिएको छ । यहि बेला परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री प्रचण्डले जेनेभा जानबाट रोकेको विषयमा समेत आजको सचिवालय बैठकमा छलफल हुने बताइएको छ ।

Back to top button