राष्ट्रपतिका दुवै उम्मेवार विरुद्ध परेन दावी विरोध

काठमाडौं । राष्ट्रपति पदका दुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फागुन २५ गते हुन लागेको राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उम्मेदवारविरुद्ध दावी विरोध गर्ने समयभित्र कुनै पनि उजुरी नपरेकाले सोही व्यहोराको निर्णय गर्ने सहायक निर्वाचन अधिकृत एवम् प्रवक्ता अमृता कुमारी शर्माले जानकारी दिनुभएको छ ।

आज दिउँसो २ बजेसम्म उजुरी उपर छानबिन गरी निर्णय गर्ने भन्ने थियो तर उजुरी नै नपरेपछि बाँकी प्रक्रिया तालिका अनुसार अघि बढ्ने उहाँले बताउनुभयो ।

निर्वाचन तालिका अनुसार फागुन १६ गते बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म उम्मेदवारहरुलाई नाम फिर्ता लिने समय निर्धारण गरिएको छ ।

सोही दिन ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ । फागुन २५ गते राष्ट्रपति पदको निर्वाचन हुनेछ ।

Back to top button