नेकपा एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा केहीबेरअघि बैठक सुरु भएको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनलगायतका बिषयमा छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेको विषयले पनि प्रवेश पाउने बताइएको छ ।

जसका कारण सरकारमा रहने की नरहने भन्ने बिषयमा पनि छलफल हुने बताइएको छ । पुस १० मा सरकार बन्दा एमालेले राष्ट्रपति पाउने सहमति भएपनि राष्ट्रपति निर्वाचनमा समीकरण फेरिएको छ ।

सत्तासीन माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेको छ ।

Back to top button