रास्वपाको केन्द्रीय कमिटीको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीको बैठक सुरू भएको छ ।

पार्टी केन्द्रीय कार्यालय वसुन्धारामा जारी बैठकमा राष्ट्रपति निर्वाचन, चितवन २ मा हुने उपनिर्वाचन, पार्टी संगठन विस्तारलगायतका बिषयमा छलफल हुने जनाइएको छ ।

राष्ट्रपतिको निर्वाचनमा रास्वपाले के गर्छ भन्ने अहिलेसम्म कुनै निर्णय गरेको छैन । यस्तै, सरकारबाट बाहिरिएपनि प्रधानमन्त्री प्रचण्डलाई दिएर समर्थन रास्वापले कायमै राखेको थियो । त्यस विषयमा पनि आवश्यक निर्णय लिने अनुमान गरिएको छ ।

Back to top button