सरकारबाट बाहिरिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ। एमालेको आजको सचिवालय बैठकले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

सचिवालय बैठकपश्चात उपाध्यक्ष विष्णु पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिनुभयो । उपप्रधान एवं अर्थमन्त्रीसमेत रहनुभएका पौडेलले आजै एमालेका मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा दिने बताउनुभयो।

उहाँले भन्नुभयो,‘आजको बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय लिएका छौं।’

उपाध्यक्ष पौडेलले राष्ट्रपति निर्वाचनमा सरकारमा सहभागी दलबीच भएको सहमति माओवादी केन्द्रले तोडेको बताउनुभयो। उहाँले राष्ट्रपतिको निर्वाचनमा मतभेद कायम रहेपनि देशको परिस्थिति हेरेर सरकारलाई समर्थन दिएर बस्ने एमालेले चाहेपनि प्रधानमन्त्रीको अभिव्यक्तिले बाहिरिनुपरेको बताउनुभयो।

Back to top button