नेपाललाई हङकङले दियो १२१ रनको लक्ष्य

काठमाडौं । पार्थ भागवतको ३६ प्रेरित हङकङले आईसीसी यू १९ विश्वकप एसिया रिजन छनोटमा नेपाललाई १२१ रनको लक्ष्य दिएको छ।

यूएईको एज्मानस्थित मालेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको हङकङले ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १२० रनको योगफल तयार गर्यो।

हङकङका लागि पार्थले ९३ बलमा ४ चौकासहित सर्वाधिक ३६ रनको योगदान गर्नुभयो। यस्तै, मोहम्मद अलियान जाहिरले ६७ बलमा ३ चौकासहित २९ रन जोड्नुभयो। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

यस्तै, नेपालका लागि हेमन्त धामीले ९ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिनुभयो। आकाश चन्द र सुवाष भण्डारीले २–२ विकेट लिनुभयो। त्यसैगरी दीपेक कँडेलले १ विकेट लिनुभयो।

नेपालले शनिबार भएको खेलमा कुवेतलाई २४३ रनले पराजित गरेको थियो। यस्तै, त्यसअघि फेब्रुअरी २४ मा भएको खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो।

Back to top button