जसपाको छानविन समितिले आज प्रतिवेदन बुझाउँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको छानविन समितिले आज प्रतिवेदन बुझाउँने तयारी गरेको छ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेकामाथि छानविन गरी तयार पारिएको प्रतिवेदन पार्टीलाई बुझाउन लागिएको हो।

पुषमा सम्पन्न राजनीतिक समितिको बैठकले कार्यकारिणी समिति सदस्य शिवलाल थापा नेतृत्वको छानविन समितिलाई निर्वाचनमा अन्तर्घातको आरोप लागेका केन्द्रीय तहका नेताहरुमाथि छानविन गर्न माघ मसान्तसम्मको समय दिएको थियो। तर, पछि समितिको आग्रह अनुसार फागुन १५ गते सम्मको समय थप गरिएको थियो।

यस्तै, समितिले आफ्नो काम सम्पन्न गरी प्रतिवेदन बुझाउन लागेको हो ।

Back to top button