आज नेप्सेमा सामान्य गिरावट, १ अर्ब ८९ करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज एकल अंकको सामान्य गिरावट भएको छ । आज बजार परिसूचक नेप्से ३ दशमलव ६५ अंकले गिरावट भएर २०२३ दशमलव ५४ अंकमा बन्द भएको छ ।

यसदिन होटल तथा पर्यटन, निर्जीवन बीमा, अन्य र व्यापार उपसूचकमा वृद्धि हुँदा अरु सबै उपसूचक घटेका छन् भने कारोबार रकम पनि घटेको छ ।

होटल तथा पर्यटन उपसूचक १ दशमलव ३८ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक १ दशमलव ६५ प्रतिशतले गिरावट भएको छ । यस्तै, लघुवित्त उपसूचक ० दशमलव ९८ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा ३७ हजार ३३८ वटा कारोबारमा ५१ लाख २० हजार ८८८ कित्ता धितोपत्र किनबेच हुँदा १ अर्ब ८९ करोड ३७ लाखको कारोबार भएको छ ।

हिमालयन डिष्टिलरीको सर्वाधिक ६ करोड ६८ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ५ करोड ८ लाख र अरुण भ्याली हाइड्रोपावरको ४ करोड ७९ लाखको कारोबार भएको छ ।

आज नेप्सेमा कुल २१७ कम्पनीको सेयर कारोबार भएकोमा १३५ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ भने ७१ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ११ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

स्वाभिमान लघुवित्तको सेयरमूल्य सर्वाधिक ९ दशमलव ७३ प्रतिशतले वृद्धि हुँदा समालिङ पावर कम्पनीको सेयरमूल्य ९ दशमलव ३५ प्रतिशत र तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य ७ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, राप्ती हाइड्रोपावर कम्पनीको सेयरमूल्य ६ दशमलव ४३ प्रतिशतले गिरावट हुँदा सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ५ दशमलव ३३ प्रतिशत र समिट लघुवित्तको सेयरमूल्य ४ दशमलव ९० प्रतिशतले गिरावट भएको छ ।

Back to top button