डडेल्धुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–२ का ५० वर्षीय बाशुदेवी तिरुवा रहेको प्रहरीले जनाएको छ।

कञ्चनपुरको दैजीबाट डडेल्धुराको रुपालतर्फ आउँदै गरेको म १ ज २३८ नम्बरको जीप दुर्घटना हुँदा उहाँको घटनास्थलमै मृत्यु भएको थियो।

ब्याक गर्ने क्रममा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताउनुभयो। जीपमा ११ जना यात्रु सवार थिए। घटनाको थप विवरण आउन बाँकी छ।

Back to top button