ढोक्साको पासोभन्दा माथि राजालाई राख्‍न पाए हुन्थ्यो : रवीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्र प्रमुखको एउटा पदमा राजालाई राख्‍न पाए संकटका बेला देशको भलो हुने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालबाट पछिल्लो समयको राजनीतिक घटनाक्रमको आलोचना गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ,‘उसले उसलाई, उसले उसलाई,सबैले सबैलाई ढोक्सा थाप्दा थाप्दै, राष्ट्रपतिको पददेखि देशको धर्म–संस्कृति र सार्वभौमसत्तासम्म बढ्दो रूपमा विदेशीको ढोक्सामा परिसक्यो, कमसेकम राष्ट्र प्रमुखको एउटा पदमा, ढोक्साको पासोभन्दा माथि, राजालाई राख्‍न पाए संकटका बेला देशको भलो हुन्थ्यो भनेको, सुन्नुपर्नेले किन सुन्थे।’

यस्तै, राष्ट्रपतिमा सहमति नमिलेपछि नेकपा एमालेका मन्त्रीहरूले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाइसकेका छन्।

Back to top button