महँगी विरुद्ध नेकपाको देशव्यापी प्रदर्शन

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले महँगी र चर्को ब्याजदरविरुद्ध आज देशव्यापी प्रदर्शन गरेको छ ।

मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को व्याज दर र चर्को महँगीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिएको नेकपाले जनाएको छ ।

यस्तै, गत महिना बसेको नेकपाको केन्द्रीय समिति बैठकले मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदर र महँगीले नागरिक मारमा परेको भन्दै देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

Back to top button