
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा भोट माग्नुभएको छ ।
पत्रमा गठबन्धनका तर्फका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्विवाद र सुयोग्य भएको भन्दै समर्थन गर्न आग्रह गरिएको छ ।
देउवाले भोट मागेको पत्र नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हिजो ओली निवास बालकोट पुगेर बुझाउनुभएको थियो ।
नेकपा एमालेका अध्यक्ष ओलीले भने कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरुलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङका लागि भोट माग्नुभएको थियो ।
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।