प्रधानमन्त्रीको निजी चिकित्सकमा डा. शर्मा नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त हुनुभएको छ ।

गत बिहीबार (११ फागुन) मा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकको रुपमा डा. शर्मा नियुक्ति हुनुभएको हो ।

डा. शर्मा हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत हुनुहुन्छ ।

सरकारी सेवामा रहेको व्यक्तिले दोहोरो सेवा–सुविधा लिन नमिल्ने भएका कारण डा. शर्माले पाटन अस्पतालको मात्रै सेवा–सुविधा लिने बताउनुभयो ।

‘पाटन अस्पतालमा भएको साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको निजी चिकित्सकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नेछु,’ डा. शर्माले भन्नुभयो ।

नेपालमा २ विषयमा एमडी गरी विदेशबाट फेलोसिप समेत गर्नुभएका डा. शर्मा नेपालका अब्बल चिकित्सकमध्येमा गनिनुहुन्छ । डा. शर्माले उच्च विशेषज्ञता इन्टनरल मेडिसिन र पेट तथा कलेजो विषयमा गर्नुभएको छ ।

Back to top button