आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटः मलेसियामाथि नेपालको १० विकेटको सानदार जित

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको छ । मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पावर प्ले पनि नसकिँदै पूरा गरेको हो ।

९ ओभरमा ७३ रनको लक्ष्य पूरा गर्ने क्रममा नेपालका लागि ओपनर ब्याटर दिपक बोहराले २९ बलमा ८ चौका प्रहार गर्दै ३८ रन बनाउनुभयो । यस्तै अर्का ओपनर अर्जुन कुमालले २५ बलमा ३ चौका सहित २१ रन बनाउनुभयो ।

मलेसियाका तर्पmबाट १४ रन एक्सट्रा उपहार भयो । यसअघि मलेक क्रिकेट मैदान, अज्मानमा, टस जितेर ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रन बनाउँदै अलआउट भएको थियो । मलेसियाका लागि मोहम्मद अक्ररम मलिकले सर्वाधिक २६ रन बनाउनुभयो ।

ओपनर हैरिल हरिसनले १२ रन जोड्नुभयो । पहिलो ओपनर कप्तान सिदार्थ कात्र्तिक राजारत्नम ओपनिङ ओभरको तेस्रो बलमा आकाश चन्दको हातबाट बोल्ड हुनुभयो । दोस्रो विकेटको लागि हरिसन र मलिकले २८ रनको साझेदारी गर्नुभयो । यहि नै मलेसियाका लागि बलियो साझेदारी बन्यो ।

छैटौं ब्याटर मा्हम्ममद स्याहिर स्यामिलले १२ रन बनाउनुभयो । अन्य कुनै ब्याटर दोहोरो अंक बनाउन क्रिजमा टिक्न पाएनन् ।

नेपालका लागि स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै ४ मेडन सहित ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिनुभयो । आकाश चन्दले ४.३ ओभर बलिङ गर्दै ९ रन खर्चेर ३ विकेट लिनुभयो ।

मिलन बोहराले ९ ओभर बलिङ गर्दै ५ मेडन सहित ८ रन खर्चेर २ विकेट लिनुभयो । स्पिनर सुवास भण्डारीले १ विकेट लिनुभयो।

नेपालका लागि यो लगातार चौथो जित हो । अब नेपालले पाँचौं र अन्तिम खेल हालसम्मकै बलियो प्रतिस्पर्धी मानिएको यूएईसँग आउदो बिहीबार खेल्नेछ ।

 

Back to top button