इलामको माइमझुवालाई केन्द्रबिन्दु बनाएर भूकम्प

इलाम । इलामको सन्दकपुर गाउपालिकास्थित माइमझुवालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। आज बिहान १० बजेर ३ मिनेटमा गएको भूकम्पको कम्पन इलामसँगै पाँचथरका केही भू–भागमा महसुस भएको थियो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.३ म्याग्नेच्युटको भूकम्पको केन्द्र सन्दकपुर गाउँपालिकाको माइमझुवा रहेको छ।

Back to top button